विराटनगरको सिर्जना फाइनान्स सिटिजन्ससँग ‘मर्ज’ हुँदै

<span class='c1'>विराटनगरको सिर्जना फाइनान्स</span> <span class='c2'>सिटिजन्ससँग ‘मर्ज’ हुँदै</span>

विराटनगर। बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स सिटिजन्स बैंक इन्टरनेसनलसँग मर्जरमा जाने भएको छ ।
विराटनगरमा आयोजित एक कार्यक्रममा बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई पनि प्राप्ति गर्ने अन्तिम तयारी गरिरहेको छ। राष्ट्र बैंकले स्वीकृति दिने बित्तिकै बैंकले तिनाउ मिसनलाई प्राप्ति गर्नेछ। माघ २७ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३४ अर्ब रुपैयाँ पुग्नेछ। ऋण लगानी १ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ। शाखा संख्या १८८ हुनेछ।
शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डीडीए) द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ। प्राप्तिपछि बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्