नेकपा ओली समुह सुनसरीका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण कार्यक्रम सम्पन्न

<span class='c1'>नेकपा ओली समुह सुनसरीका पदाधिकारी</span> <span class='c2'>तथा सदस्यहरुको सपथग्रहण कार्यक्रम सम्पन्न</span>

विराटनगर
नेकपा ओली समुह सुनसरीका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । समुहका नवनियुक्त अध्यक्षमा रेवतीरमण भण्डारी, उपाध्यक्ष निलम खनाल, सचिव पर्शुराम यादव,सहसचिव लिलम वस्नेत का साथै संगठन विभाग प्रमुख योग्यराज खडका, कार्यालय सचिव राम कोइराला लगायत जिल्ला कमिटिका पदाधिकारी सदस्यहरुले सपथग्रहण लिएका छन् । साविक सहित ४ सय ६७ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । नेकपा ओली समूहले सुनसरीका १२ वटै स्थानीय तहको अध्यक्ष समेत तोकेको छ ।

जिल्ला अध्यक्ष रेवती रमण भण्डारिले जानकारी दिएअनुसार, इटहरी अध्यक्षमा याम सुब्बा, धरानमा हर्कजंग एभेङ्ग, दुहवी खडग नारायण उराउ, वराहक्षेत्र गजेन्द्र थापा, रामधुनी योगेन्द्र खडका, इनरुवा विदुर सुवेदी, गढि प्रभाकर माझी, वर्जु दिल कुमार गुरुङ्ग, देवानगंज रामप्रसाद मेहता, हरिनगरा जय प्रसाद शाह, भोक्राहा नरसिंह अक्रम अन्सारी, कोशी रामखेलन शाह चयन भएका छन् । चुनिएका अध्यक्षहरुलाई नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरेले सपथग्रहण गराएका थिए ।
बैठकले गत पौष ५ गतेको प्रधानमन्त्रीले लिएको निर्णयको हार्दिक समर्थन गर्ने प्रस्ताव पारित गरेको छ भने आगामि वैशाख १७ र २७ गते हुने निर्वाचनमा सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा विजयी हुने विश्वासका साथ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ साथै फागुन ८ गते विराटनगरमा हुने जनसभामा सुनसरीवाट ३० हजार सहभागिता गराउने तयारी भैरहेकोे अध्यक्ष भण्डारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्