तालिम लिएकोे दुईदिनमै व्यापारी

<span class='c1'>तालिम लिएकोे</span> <span class='c2'>दुईदिनमै व्यापारी</span>

इटहरी । इटहरी उपमहानगरले दुई दिनसम्म तालिम दिएर सिकाएको भोलीपल्टै देखि इटहरी ५ जनता वस्तिकी मालती राईले डोनट बनाएर बेच्न थाल्नुभयो । अहिले त दिनमै ५ सयसम्म फाइदा हुन थालिसकेको छ ।
इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि दुईदिने डोनट, भक्का र पकौडा बनाउने तालिम दिएपछि १६ जना महिलाले सिकेको सीप अनुसार डोनट, भक्का र पकौडा बनाएर बेच्न थालेका हुन । उपमहानगरले ब्यवसाय संचालन गर्न आवश्यक पर्ने भाँडा, ताई, आरी, जग, झाँभर, वाल्टी, चिम्टा, तेल पीठो प्रदान गरेको छ ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले ती समाग्री प्रदान गर्नुभयो । प्रमुख चौधरीले महिला दिदीवहिनीलाई आत्मनिर्भर वन्न शुभकामना दिनुभयो । उपप्रमुख गौतमले परिवार धान्न समस्या परिरहेका दिदी वहिनीहरुले गरिखाने अवस्था सृजना गर्न उपमहानगरले तालिम प्रदान गरि समाग्री समेत उपलब्ध गराएको वताउनुभयो ।
तालिम र ब्यवसाय संचालन गर्न आवश्यक पर्ने समाग्री प्राप्त गरेपछि मालती राईले भन्नुभयो “घरैमा त्यतिकै वस्नुभन्दा डोनट वनाएर वेच्दा नुन तेल खान पुग्ने रहेछ ।” इटहरी उपमहागरले संचालन गरेको डोनट,भक्का र पकौडा वनाउने तालिममा २७ जना महिलाको सहभागिता थियो । ति मध्ये १६ जनाले डोनट,भक्का र पकौडा वनाएर वेच्न सुरु गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्