विराटनगर । मिक्लाजुङ गाउँपालिका– १ बर्खेस्थित सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लवसहित ४२ जनाविरुद्ध अपहरण तथा कर्तब्य ज्यान मुद्दा अदालतमा दर्ता गरिएको छ । हत्या आरोपमा पक्राउ परेका विप्लव समूहका मोरङ इन्चार्ज डि.बि. सिलवाल भन्ने धन बहादुर बि.क.लाई प्रहरीले पक्राउ गरि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझासँगै ४२ जना विरुद्ध अभियोजन गरिएको हो ।
सरकारी वकिलको कार्यालयले पक्राउ परेका बि.क.सहित ४१ जनालाई फरार प्रतिवादी बनाएर अदालतमा सोमबार अभियोग दर्ता गरेको थियो । अदालतमा विशम भन्ने सन्तोष बुढा मगर, प्रकाण्ड भन्ने खड्गबहादुर विश्वकर्मा, दिपक चलाउने, प्रताप भन्ने थमन सिंह राई, शैलेस भन्ने चन्द्र बहादुर बुढाथोकी, योग भन्ने सञ्जय राई, विवश भन्ने पुष्पलाल चौलागाइलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।
यसैगरी दर्शन भन्ने नविन राई, दर्शन थापा भन्ने विशाल मगर, आकाश भन्ने माधव गौतम, उत्तर कुमार राई भन्ने युवराज राई, भिम भन्ने कुमार राई, संजिव मगर, ङवाङनुरु भन्ने पेम्बा शेर्पा, अमृत सागर भन्ने योगेन्द्र बस्नेत, शिलु भन्ने उमा भुजेल, सुमन सिंह पौडेल, बाल कुमार राई भन्ने राकेश राई, मिलन राई, नाती भन्ने बासन राई, अखिल भन्ने मनोज भुजेल, लुङ्गा भन्ने सुदम लुङखिम्बा, उमेश खत्री, संग्राम भन्ने पूर्णबहादुर थलङ ९लिम्बु०, आशिष भन्ने बिक्रम राई, बिर्जुम भन्ने श्रीमान राई, विशाल लुङखिम्वा लिम्बू, संगम आङदाम्बे, अनुस्का राई, हेतु साउदेन लिम्बू, मौषम भन्ने जितमान राई, अविनाश भन्ने डम्बर मगर र महाविर भन्ने जितेन्द्र महरा विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
गत मंसिर २३ गते शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि ५ सय मिटरमा बर्खेको जंगलमा शव भेटिएको थियो । हत्या गरेकै दिन नेपाल कम्युनिष्ट पार्टीका विप्लव समुहले विज्ञप्ती प्रकाशित गर्दै घटनाको जिम्मा लिएको थियो । विप्लव समूहको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) को निर्देशनमा सोही समुहमा आवद्ध रहेका मोरङ मिक्लाजुङ गाउँपालिका–८ का महाविर भन्ने जितेन्द्र महरालगायतले शिक्षक श्रेष्ठको घरदेखि अपहरण गरि दुवै हात बाँधी देउढुङ्गा जंगलमा लगि हत्या गरेको अभियोग पत्रमा उल्लेख छ ।