पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएकाे पुष्टि, चाँडै शल्यक्रिया गर्न चिकित्सकको सुझाव

<span class='c1'>पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएकाे पुष्टि,</span> <span class='c2'>चाँडै शल्यक्रिया गर्न चिकित्सकको सुझाव</span>

काठमाडौं
पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले बताएका छन् । ट्युमरमा क्यान्सर नभए पनि बेलैमा शल्यक्रिया नभएमा रोग अझ खतरा हुने भएकाले शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् ।
भट्टराईको वायोप्सी, डोना नोक, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पेटको सीटी स्क्यानसहितका परीक्षणपछि ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरूले निष्कर्ष निकालेका छन् तर शल्यक्रिया गरि ट्युमरलाई २/३ महिनाभित्रै फाल्न चिकित्सकको सुझाव भने दिएका छन् ।।

भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा अध्यक्ष भट्टराईकोस्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्यमा समस्या आएपछि गत फागुन ११ मा दिल्ली गएका उनी भोलि नेपाल फर्कंदै छन् ।
तस्बिर : News24Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्