प्रधानमन्त्री असुरक्षामा परेको हो भने हामी सुरक्षा दिन्छौं: नेपाल

<span class='c1'>प्रधानमन्त्री असुरक्षामा परेको हो भने</span> <span class='c2'>हामी सुरक्षा दिन्छौं:  नेपाल</span>

नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनका विपक्षमा रहेका शक्तिहरुसँगको सहकार्यमा नयाँ सरकार बन्ने बताउनुभएको छ ।
विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको सहमतिमा नयाँ सरकारको सम्भावना भएको बताउनुभएको हो । ‘प्रतिगमनकाविरुद्ध आन्दोलनमा रहेकाहरुको सहकार्य हुनेछ’,

नेपालले भन्नुभयो ‘प्रतिगमनका मतियारहरु पनि सच्चिएर आउँछन् भने पश्चाताप गर्छन् भने पार्टीका साथीहरुलाई स्वागत गरिनेछ ।’ प्रधानमन्त्री केपी शर्मा ओली त्रसित रहेको बताउँदै उहाँले यदि प्रधानमन्त्रीले सुरक्षा चुनौती ब्यहोरेको हो भने आफ्नो दलले सुरक्षा दिने भन्दै व्यंग्य पनि गर्नुभयो ।

‘देशको प्रधानमन्त्री असुरक्षामा परेको हो भने हामी सुरक्षा दिन तयार छौं’, उहाँको भनाइ थियो । प्रधानमन्त्रीले नैतिकता प्रदर्शन गरेर राजीनामा दिनुपर्ने अडान दोहोर्याउँदै उहाँले ओलीले संसद्मा, दलमा सबैतिर बहुमत गुमाएको र पार्टीले निष्कासन नै गरिसकेका कारण अब उनको नेतृत्वको कुनै सम्भावना नरहेको पनि उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्