विराटनगरका अटोमा डिजिटल पेमेन्ट सेवा सुरु भएको छ । यसको सुरुवात चरणमा नोबेल मेडिकल कलेजको रुटमा चल्ने अटो रिक्साहरुले अब डिजिटल पेमेन्टबाट भाडा लिने भएका हुन् । त्यस रुटका अटो रिक्सामा एनसीसी बैंकले क्युआर कोड उपलब्ध गराएसँगै अनलाइनबाटै भुक्तानी गर्न संभव भएको हो ।
एनसीसी बैंकको त्यस रुटमा डिजिटल पेमेन्ट सुविधाको उद्घाटन राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अटोहरुलाई क्यूआर कोड हस्तान्तरण गरेर गर्नु भएको हो । शुक्रबार अटोमा त्यस क्षेत्रको परिक्रमा गरि गभर्नर अधिकारीले क्युआर कोडबाटै भुक्तानी गर्नु भएको थियो । गभर्नर अधिकारीले नगदरहित कारोबार सुरु भएको भन्दै नोटको प्रयोग कम गरि डिजिटल कारोबारलाई बढावा दिन आग्रह गर्नु भएको थियो ।
यो सुरुवात भएसँगै त्यस रुटमा चल्ने के एन अटो यातायात प्रालिमा आबद्ध अटोहरुमा क्युआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ ।