हल्ट प्राइज २०२०/२१ पहिलो चरणमा ‘टिम इन्कुई सिटिभ नोभिसेस’ विजयी

<span class='c1'>हल्ट प्राइज २०२०/२१ पहिलो चरणमा </span> <span class='c2'>‘टिम इन्कुई सिटिभ नोभिसेस’ विजयी</span>

विराटनगर
आकृति रानी फुयल

ईन्जिनियरिङ अध्ययन संस्थान पुर्वाञ्चल क्याम्पस धरानद्वारा हरेक वर्ष झैं यसवर्ष पनि हल्ट प्राइज २०२०/२१ सम्पन्न गरिएको छ। देशभरबाट ३३२ जनाले प्रतियोगिताका लागि आफ्नो नाम दर्ता गराएका भएपनि पहिलो चरण (अन क्याम्पस) को विजेता भने महेन्द्र मोरंग क्याम्पस बिराटनगरमा बिबिए छैटौं सेमेष्टरअध्ययनरत विद्यार्थीहरुको समूह 'टिम इन्कुई सिटिभ नोभिसेस' रहेको छ। उक्त टिममा अभय निरौला , उकेश उप्रेती, प्रजिता रेग्मी र आशिष साह रहेका छन्।

आवर बिराटनगर संग कुरा गर्दै हल्ट प्राइज धरानका निर्देशक आदर्श खतिवडा भन्छन् ,' बर्षैपिच्छे आयोजना गरिने यस प्रतियोगिता त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा अध्ययनरत बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउनका लागि गरिन्छ जसमा अन्य विश्वविद्यालयले सहभागिता जनाउन पाउदैनन् साथै कोरोनाको महामारीका कारण हामीले यसपाली अनलाइनको माध्यमबाट पहिलो चरण सम्मको छनौट प्रक्रिया सम्पन्न गरेका छौं'।

प्रतियोगितामा देशभरबाट ३२ जना विद्यार्थीहरुले नाम दर्ता गराएका थिए। जस अन्तर्गत १० ओटा समूह सेमिफाइनलमा पुगेको थियो। १० समूहमध्य ५ वटा समूह बिराटनगरको महेन्द्र मोरंग क्याम्पसका थिए भने अन्य ५ समूह पुर्वाञ्चल इञ्जिनियरिङ्ग क्याम्पस धरान र त्रीबी अन्तर्गतका अन्य क्याम्पसबाट थिए।

चार चरणमा आयोजना गरिने यस प्रतियोगिताको दोश्रो चरण (काठमान्डू इम्प्याक्ट समिट) का नामले यहि वैशाख १० गते काठमाण्डुमा आयोजना हुनेछ जसमा 'टिम इन्कुई सिटिभ नोभिसेस'ले सहभागिता जनाउने निर्देशक खतिवडाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्