विराटनगरमा राष्ट्रिय आदिवासी अपाङ्गता महिला संघको दुई दिने गाोष्ठि सम्पन्न

<span class='c1'>विराटनगरमा राष्ट्रिय आदिवासी अपाङ्गता महिला संघको</span> <span class='c2'>दुई  दिने  गाोष्ठि सम्पन्न</span>

विराटनगर

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड) र सिडको निष्कर्ष सुझाव र कार्यान्वयन अवस्थासम्बन्धी दुईदिने कार्यशाला गोष्ठी विराटनगरमा सम्पन्न भएको छ ।
राष्ट्रिय आदिवासी अपाङ्गता महिला संघ नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ प्रदेश नं.१ र अपाङ्गता विकास सघं उदयपुरको संयुक्त आयोजनामा चैत ८ र ९ विराटनरमा भएको थियो । सिड कार्यान्वयनको पक्षमा स्थानीय सरकार, स्थानीय निकाय र सरोकारवालाहरूको स्थिति र अवस्था के छ भनेर बुझ्न र सिडबारे थप जानकारी दिन कार्यक्रम आयोजना गरिएको राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालकी अध्यक्ष प्रतिमा गुरुङ्गले बताइन् ।

‘सिडको छैटौँ आवधिक प्रतिवेदन नेपाल सरकारले संयुक्त राष्ट्र संघलाई बुझाउँदै गर्दा सिडको निष्कर्ष, सुझाव र कार्यान्वयन पक्षबारे स्थानीय तह, सरोकारवाला र अधिकारकर्मीहरूको बुझाइ के छ भनेर बुझ्न कार्यक्रम आयोजना गरिएको हो,’ अध्यक्ष गुरुङ्गले भनिन् ।
प्रदेश १ का विभिन्न जिल्लाहरूबाट कार्यक्रममा सहभागी महिलाहरूलाई सिडबारे जानकारी दिइएको र सहभागीहरूबाट अधिकार प्राप्ति र स्थानीय तहहरूमा सिडको कार्यान्वयनबारे जानकारी लिइएको अध्यक्ष गुरुङ्गले बताइन् ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा रहेका प्रदेश सांसद शिवकुमार सिंहले अपाङ्गता भएका महिलाहरूलाई आफ्नो अधिकार प्राप्ति गर्न अझै पनि धैरे कठिनाइ भएको बताए । ‘विशेषत अपाङ्गता भएका महिलाहरू विभेदमा परेका छन्, उनीहरूलाई धेरै समस्या छ यसका लागि अब सरोकारवाला निकायहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ,’ सासंद सिंहले भने, ‘लक्षित वर्गले अधिकार प्राप्त गरुन् भनेर राज्यले विभिन्न नियम, कानुन बनाए पनि ती पूर्ण छन् कि छैन भनेर पुनर्विचार गर्नुपर्ने अवस्था छ ।’

महिला, आदिवासी, अपाङ्गता भएका र सीमान्तकृत वर्गका लागि राज्यले निर्माण गरेका कानुनहरू प्रभावकारी बनाउन राज्य, राज्य संरचना र सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्नेमा सासंद सिंहले जोड दिए । यस्तै, कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रहेकी विराटनगर महानगरपालिकाकी उप–मेयर इन्दिरा कार्कीले समाजमा धेरै परिवर्तन भए पनि महिला र अपाङ्गता भएकाहरूका लागि भने समस्या अझै पनि उस्तै रहेको बताइन् ।

मानिसहरूले आ–आफ्नो मानसिकता सकारात्मक तरिकाले परिवर्तन नगरिन्जेलसम्म महिला र अपाङ्गतामा हुने विभेदको अन्त्य नहुने उनले बताइन् । कार्यक्रम प्रदेश नं. १ का विभिन्न जिल्लाहरुबाट अपाङगता भएका आदिवासी महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्