खूकुरी प्रहार गरी श्रीमतीको हत्या, हत्यमा संग्लन्न श्रीमान पक्राउ

<span class='c1'>खूकुरी प्रहार गरी श्रीमतीको हत्या,</span> <span class='c2'>हत्यमा संग्लन्न श्रीमान पक्राउ</span>

इटहरी । सुनसरीको धरान उप–महानगरपालिका–८ बस्ने ३७ बर्षीय तिल बहादुर माझीलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । माझीले ३१ बर्षीया श्रीमती सम्झाना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भए संगै अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संग्लग्न रहेका माझीलाई पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट घाईते भएकी संम्झनालाई उपचारको लागी वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा बिहीबार बेलुका पौने ६ बजे मत्यु भएको थियो । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका माझीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्