अलौकिक संसार

<span class='c1'>अलौकिक</span> <span class='c2'>संसार</span>

सुदर्शन आचार्य

म यस्तो यात्रा गर्नेछु
जहाँ मेरो लासले
नया स्वास पाउनेछ!
जुन आज सम्म आसको पर्खाईमा अल्झेको थियो

अनि यो स्वासले क्षितिज पारि रोज्नेछ
अन्तरिक्षको धमिलो क्यानभासमा
मैले नया संसार कोर्नेछु
अनि म मेरा आखामा तिमीलाई सजाउँदा
तिम्रा आँखामा मेरो यो अलौकिक संसार सजाउनु
हो, यसैको को लागि त मैले
म आफू स्वंयमलाई मारेको थिए,

यस संसार जहाँ अहिले म छु
म डरलाइ श्रद्धाञ्जली दिएर आउनेछु
अनि बेफिकर भएर
तिम्रो आधा मुटु
अनि मेरो आधा मुटु मिलाएर
एक अलौकिक धड्कन निक्लिने छ।
जुन धड्कन सुनेर मान्छेले
प्रेम गर्न चै कम्तिमा डराउन नपरोस्!

हामी साधा जिन्दगी बाचौला
तर सपना रंगिन बनाउला
अनि साधा बाट रंगिन हुदा
मैले मेरो इच्छालाई दबाएर
त्यो क्यानभासमा जुन रंग खन्याए नि हुन्छ!
पोतिनेछ त्यो मेरो अलौकिक संसार।
प्रिय,
म सादा बाट रंगिन जो बन्नेछु
जुन आजसम्म आशको पर्खाईमा बसेर
अहिले म आफू स्वयंले आफ्नो हत्या गरेको छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्