बिराटनगर योङ्हर्ट लियो क्लबद्वारा खेलकुद सामग्री वितरण

<span class='c1'>बिराटनगर योङ्हर्ट लियो क्लबद्वारा</span> <span class='c2'>खेलकुद सामग्री वितरण</span>

विराटनगरलायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ ए वान अन्तर्गतका लायन्स क्लब अफ बिराटनगर योङ्हर्ट र लियो क्लब अफ बिराटनगर योङ्हर्टले संयुक्त आयोजनामा आज बिराटनगर स्थित जनपथ माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले आफुहरुले उक्त कार्यक्रमको आयोजना गरेको हो र सामुदायिक विद्यालयमा खेलकुद सामग्रीहरु आवश्यक देखिएकोले संयुक्त रुपमा आज फुटबल,बास्केटबल,भलिबल,स्किपिङ लगायतका सामग्रीहरु सहयोग गरेको लियो क्लब अफ बिराटनगर योङ्हर्टका वर्तमान अध्यक्ष लियो विनोद बास्तोलाले जानकारी दिए।

उक्त कार्यक्रमको प्रमुख आतिथ्य लायन्स क्लब अफ बिराटनगर योङ्हर्ट्का वर्तमान अध्यक्ष लायन सन्तोष चौधरीले गरेका बास्तोलाले बताए । साथै कार्यक्रममा यस संस्थाका संरक्षक लायन्स क्लब अफ बिराटनगर ए वानका संस्थापक अध्यक्ष एवम लायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ए वानका जिल्ला चेयरपर्सन लियो-लायन रन्जन कुमार शाहि `राष्ट्रप्रेमि´,जिल्ला कार्यक्रम संयोजक लियो शिद्धार्थ शाह ,विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रोहित कोईराला लगायतको उपस्थिति रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्