आमा

<span class='c1'>आमा</span> <span class='c2'></span>

-स्वस्तिका काफ्ले

आमा ,
आज तिम्रो साह्रै याद आयो
हो, म पनि आमा बन्न लाग्दैछु
तर तिम्रो काखको न्यानो पनको
आज धेरै नै याद आयो ।।
तिम्रो त्यो तिता गालीको मीठो सम्झना बनि
तिम्रो आज मलाई खुब याद आयो
बाहिर गई घर फर्केर आउॅंदा
तिम्रो हातले बनाको त्यो खाजाको खुब याद आयो ।।

बढ्दो शरीरको वजन र कहिले काहींको त्यो आल्स्यपन
तिम्रो हातले बनाको दालभातमा बितेको मेरो बाल्यपनको
खुब याद आयो ।।।

आमा , तिम्रो आज मलाई सार्है नै याद आयो
तिम्रो काखलाई शिरानी बनाई
भबिष्य र वर्तमान सबै भुलाई
फेरि ती मीठा अतितका यादमा फेरि रमाउन मन लाग्यो
साच्चैं भन्दैछु आमा ,
आज मलाई तिम्रो यादले आशु नै झार्न बाध्य बनायो
तिम्रो मलाई सार्है सार्है नै याद आयो,

आमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्