कीर्तिपूर क्याम्पसमा कविता वाचन तथा वृत्तचित्र प्रदर्शन

<span class='c1'>कीर्तिपूर क्याम्पसमा कविता वाचन</span> <span class='c2'>तथा वृत्तचित्र प्रदर्शन</span>

सुरज सुबेदी

काठमाण्डौ साउन २

२०२ औ भानुभक्त जयन्ती को अवसर पारेर विश्वविद्यालय क्याम्पस कीर्तिपूरमा कविता वाचन तथा वृत्तचित्र प्रदर्शनकी कार्यक्रम सम्पन्न भएको छ । अङ्ग्रेजी विभाग अन्तर्गत ’क्रिएटिभ लिटररी फोरम' को आयोजनामा भएको उक्त कार्यक्रममा पछिल्लो पुस्ताका चर्चित कविहरुले भानुभत्तलाई संझिदै आफ्नो रचना वाचन गरेका थिए । करिव चारसय जनाको उपस्थितीमा कविहरु मोमिला¸ उषा शेरचन रावत¸ हेमन्त विश्वास¸ रामगोपाल आशुतोष¸ प्रोल्हास सिन्धुलिया¸ वावु त्रिपाठी¸ सौरभ कार्की¸ हेम प्रभास¸ र हरिमाँया भेटुवाल, राजकुमार वराल लगायत कविहरूले आफ्ना चर्चित कविताहरु वाचन गरिरहँदा अडिटेरियम हल कवितामय भएको थियो । टिकट किनेर कविता सुन्न आएका कविताका पारखिहरुले भरपूर कविताको रसपान गरेका थिए । कार्यक्रमको प्रमुख आतिथ्यता अङ्ग्रेजी केन्द्रिय विभाग प्रमुख अम्म राज जोशी तथा विशेष आथित्यता कवि तथा गजलकार उषा शेरचनले गरेका थिए । कविता वाचन सकिएसँगै पुरु लम्साल र टिमले वनाएको हरिभक्त कटुवालको जीवनमा आधारित डेढ घण्टा लामो वृत्तचित्र 'अनि हरिभक्त फर्किएनन्' प्रदर्शन गरिएको थियो । नेपालमा लामो समय वसेर नेपाली भाषा र साहित्यमा ठुलो योगदान पुर्याएका हरिभक्त का जीवनमा पाटाहरु खुलिरँहदा दर्शकहरु भावुक भएका थिए । उक्त वृत्तिचित्रका निर्देशक पुरु लम्सालले हरिभक्त जस्ता मुर्धन्य साहित्यकारहरुलाई सवैसँग चिनाउने अभियानको सुरुवात गरेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्