विराटनगरलाई हराउदै एपिएफ फाइनलमा

विराटनगरलाई हराउदै एपिएफ फाइनलमा

विराटनगर महानगरपालिका ११ लाई हराउदै विभागिय टोलि सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) जारी विराट गोल्ड कपको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरलाई ३-२ गोल अन्तरले पराजित गर्दै एपिएफ फाइनल प्रवेश गरेको हो ।

पुरा ९० मिनेटको खेल सकिसक्दा २-२ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त १५-१५ मिनेटको खेलको २७ औं मिनेटमा मणी लामाले गोल गर्दै एपिएफलाई फाइनल प्रवेश गराएका हुन्छ ।

खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिएपनि पहिलो हाफको २६ औ मिनेटमा एपीएफका सनिस श्रेष्ठले गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले गरेको प्रहार विराटनगरका गोलकिपरले पञ्च गरेको बललाई सनिसले वान टच गोलमा परिणत गरे । खेलको २२ औं मिनेटमा विराटनगरका स्टेफि समिरले दुई जना एपिएफका रक्षकलाई छक्याउँदै गरेको कडा प्रहारलाई एपिएफका गोलकिपर राजु नगरकोटीले डाइभ गर्दै उत्कृष्ट तरिका बचाए ।
एक गोलले पछि परेको विराटनगरले दोस्रो हापमा समालिएर खेलेको थियो । दोस्रो हाफको पहिलो मिनेटमा विराटनगरका स्टेफेन समिरले निकाले बललाई एकराज बुढाथोकीले गरेको प्रहार पोलमाथिबाट बाहिरिए पछि विराटनगर बाराबरी गर्ने राम्रो अवसर गुमायो । खेलको ५४ औं मिनेटमा विराटनगरका सुनिल खडकाले दिएको क्रस पासलाई स्टेफेन समिरले डिबक्स एरिया नजिक बललाई होल्ड गरि गरेको प्रहारले जाली चुमेपछि विराटनगर खेल बराबरीमा ल्याएको थियो । विराटनगरले गोल गरेको १३ मिनेट बित्न नपाउँदै एपीएफका रवि थिङ्गले ६७ मिनेटमा गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले निकालिएको क्रस पासलाई रविले जाली चुमाएपछि एपिएफलाई २–१ गोलको अग्रता दिलाए । रवि २५ औं मिनेटमा बुद्धिमान राईको बदलामा मैदान छिरेका थिए ।
एपिएफले दोस्रो गोल गरेको दुई मिनेट बित्न नपाउँदै विराटनगरका प्रकाश बुढाथोकीले डिबक्सको लाईनबाट वान टचमा गरेको प्रहारले जाली चुमेपछि खेल २–२ को बराबरीमा ल्याएका हुन् । प्रकाशले स्टेफेन समिरको लामो पासलाई सदुप्रयोग गर्दै गोल गरे ।
घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले खेलको ८१ अ‍ैं मिनेट सन्जोग राईले गरेको प्रहार एपिएफका मिपर राजुले बचाए । फेरी ८३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले प्रहार गरेको बल उपिएफका किपर राज्ले टच गरि पोलमा लागि रिवाउण्ड भए पछि विराटनगर अग्रता बनाउँने मौका गुमायो ।
९० औं मिनेटको निर्धारित समयसम्म २/२ गोलको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्क्त समय सकिन ४ मिनेट बाकी रहेको अवस्थामा एपिएफका मणि लामाले विराटनगरका २ जना डिफेन्डरलाई छक्याउँदै गोल गरेपछि एपिएफको उपाधि यात्रालाई सहज भएको थियो ।
विराटनगर पहिलो सेमिफाइनल खेलमा नै हार व्यहोरेपछि छैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा विराटनगरले हार व्यवहोरेको छ ।
खेलको म्यान अफ द म्याच एपीएफको मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

संकटा व्वाइज स्पोटिङ्ग क्बल काठमाण्डौं र भारतको पंजाव पुलिस क्लबको विजेतासँग शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्