खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

<span class='c1'>खोलामा पौडी खेल्ने क्रममा</span> <span class='c2'>डुबेर दुई जनाको मृत्यु</span>

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।

उनीहरुलाई पौडी खेल्न नआएको र खोला आठ फिट गहिरो भएका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई किशोरीसँगै अन्य दुई जना साथी पनि घाँस काट्न सँगै गएका थिए । सोमध्ये १४ वर्षीया मुस्कान परियारले पनि पौडी खेलेको र मुस्कान पनि खोलामा डुब्न लागेपछि पौडी नखेलेका एक जना साथीले लौरीको सहायताले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमूना विनायक आधारभूत विद्यालयको ४ कक्षाका विद्यार्थी हुन् । दुवैको शव बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा परीक्षणका लागि ल्याइएको छ । आज बिहान १०÷११ बजेतिर परीक्षण गरेपछि परिवारलाई बुझाइने प्रहरी निरीक्षक पुनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्