एक दशकपछि उमाविमा पाठ्यक्रम परिवर्तन हुने

<span class='c1'>एक दशकपछि उमाविमा</span> <span class='c2'>पाठ्यक्रम परिवर्तन हुने</span>

 

काठमाडौं, साउन ३
उच्च माध्यमिक तहका चार विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । एक दशक नपुगेका चार विषयको पाठ्यक्रम परिमार्जन गर्न लागे पनि झन्डै २० वर्ष पुग्न लागेको अग्रेजी विषयको परिमार्जनको सुचिमा परेको छैन ।
उच्च माध्यामिक शिक्षा परिषदले अर्थशास्त्र, आमसञ्चार, फिजिकल एजुकेसन, जनसंख्या विषयको पाठ्यक्रम परिमार्जन गर्न लागेको हो । परिमार्जित पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा मन्त्रालयमा पुगेको छ । स्पोर्टट्स साइन्स र जनरल ल जस्ता नयाँ विषय पनि उमाविमा आउन लागेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
परिषदका नवनियुक्त उपाध्यक्ष चैतन्य शर्माले आफु परिषदमा आइसकेपछि विषय समितिका ब्यक्तिहरुसंग कुरा गरी आवस्यकता अनुसार पाठ्यक्रम परिमार्जन गर्न लागेको बताए । ‘अब अग्रेजी लगायतका विषयको आवस्यकता अनुसार परिमार्जन हुन्छ,’ उनले भने, ‘म उपाध्यक्ष भएर आइसकेपछि परिमार्जनका लागि विषय समितिमा रहनुभएका बिज्ञलाई भनिसकेको छु ।’
मन्त्रालयमा स्वीकृतिका क्रममा रहेका विषयको नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट कार्यान्वयमा आउने पनि मिश्रले बताए । अंग्रेजी विषयको पाठ्यक्रम भने यो शैक्षिकसत्रमा परिमार्जन गर्ने सम्भावना नरहेको उनको भनाई छ ।
१६ साउनबाट कक्षा ११ को कक्षा सञ्चालन हुदैछ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले परिमार्जनका लागि आएका र नयाँ विषयको पाठ्यक्रम स्वीकृतिको अन्तिम तयारीमा रहेको जानकारी दिए । उमाविको पाठ्यक्रमहरु त्रिभुवन विश्वविद्यालयका बिज्ञहरुले हेरेको र छिट्टै यसको निर्णय हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्