सर्वोच्चका न्यायाधीशद्वय चुँडाल र सुवेदीबाट पद तथा गोपनीयताको शपथ

<span class='c1'>सर्वोच्चका न्यायाधीशद्वय  चुँडाल र</span> <span class='c2'>सुवेदीबाट पद तथा गोपनीयताको शपथ</span>

काठमाडौँ,
सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उहाँहरु दुवैलाई शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी हुनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरु दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्