उर्लाबारी । मोरङ कानेपोखरी २ दलेली की ४३ बर्षीय सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ । आज बिहान साढे ८ बजे गाईगोरु सार्न बाहिर निस्केको समयमा चट्याङ्ग लागेर राजबंशी गम्भीर घाइते भएकी थिइन् ।
घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।