लामो समयपछिको हिमपातले मुस्ताङ भ्रमणमा रहेका आन्तरीक तथा बाह्य पर्यटकहरु उत्साहित

<span class='c1'>लामो समयपछिको  हिमपातले मुस्ताङ भ्रमणमा</span> <span class='c2'>रहेका आन्तरीक तथा बाह्य पर्यटकहरु उत्साहित</span>

बेनी

लामो समयपछि बुधबारदेखि शुरु भएको हिमपातले हिमालपारीको जिल्ला मुस्ताङको भ्रमणमा रहेका आन्तरीक तथा बाह्य पर्यटकहरु उत्साहित भएका छन् । बुधबार उपल्लो मुस्ताङका साथै मुक्तिनाथ क्षेत्रमा हिमपात भएकोमा बिहिबार बिहानैदेखि तल्लो भेगको जोमसोम लगायतका क्षेत्रमा हिमपात भएको छ ।

बुधबार दिउँसोदेखि मुस्ताङको अधिकांश क्षेत्रमा पानी परेसँगै हिमपात भएपछि पर्यटकहरु उत्साहित भएका हुन् । खुपार्नीको दाना लागि सकेको भए पनि स्याउ फुल्ने समय भएकाले अहिलेको हिमपात अलिक बढी भएको खण्डमा स्याउलाई असर गर्ने जोमसोमका कृषक राजेन्द्र शेरचनको भनाइ छ । अहिले मुस्ताङ क्षेत्रमा परेको हिउँका कारण मुस्ताङको मुख्य अन्नबाली उवा तथा जौँलाई भने अलिक बढी नै असर गर्छ शेरचनले भने ।

जौँ तथा उवाको बाला लागिसकेकोले हिउँ बढी समय रहेको खण्डमा क्षती हुन सक्ने कृषकको भनाई छ । उवा र जौँ जस्तो स्याउका लागि क्षति नहुने भए पनि हिउँ छिटो नपग्लेको खण्डमा भने उत्पादनमा कमी हुने मार्फाका कृषक दिपक लालचनको भनाई छ । -गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्