कोभिड महामारीलाई ध्यानमा राख्दै धनुषाले पालिकाहरुलाई वार अनुसार पालैपालो सेवा दिने

<span class='c1'>कोभिड महामारीलाई ध्यानमा राख्दै धनुषाले पालिकाहरुलाई</span> <span class='c2'>वार अनुसार पालैपालो  सेवा दिने</span>

जनकपुरधाम

कोरोना महामारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले पालिकाहरुलाई वार अनुसार पालैपालो सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै वैशाख १२ गते आइतबार देखि दिन अनुसार सेवा प्रदान गर्ने जनाएको छ ।

सेवा प्रवाहको लागी जिल्लाको १८ वटा पालिकाहरुको तालिका तयार गरेको छ । जस अनुसार आइतबार सबैलाई , गणेशमान चारनाथ र नगराइन नगरपालिकालाई सेवा प्रदान गर्ने छ भने मिथिलाबिहारी, क्षिरेश्वरनाथ र धनुषाधाम नगरपालिकाको सेवा सोमबार सेवा प्रदान गरिने छ ।

मंगलबार मुखियापट्टी मुसहरनिया गाउँपालिका, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकावासीलाई सेवा दिइने छ । बुधबार लक्ष्मीनिया गाउँपालिका, हंशपुर नगरपालिका र जनकनन्दनी गाउँपालिकाको सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी दिपक कुमार कर्णले विज्ञप्ति जारि गर्दै बताएका छन् ।

बिहीबार औरही गाउँपालिका, सहिदनगर र विदेहनगर नगरपालिकाको सेवा प्रवाह गरिने छ भने शुक्रबार मात्र जनकपुरधाम उपमहानगरपालिकाको सेवा प्रवाह गरिने प्रशासन कार्यालयले जनाएको छ । त्यसै गरी संघसंस्था दर्ता र नविकरण आइतबारदेखि बुधबारसम्म र पत्रपत्रिका, छापाखाना दर्ता तथा विधान संशोधनको सेवा प्रवाह बिहीबार र शुक्रबार मात्र गरिने जनाएको छ ।

यसैगरि मालपोत, नापी तथा यातायात कार्यालयमा पनि वार अनुसारको सेवा प्रवाह गर्ने जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्