‘पेटी कन्ट्याक्टर’लाई ठेकेदारले भुक्तानी नगरेको गुनासो

<span class='c1'>‘पेटी कन्ट्याक्टर’लाई ठेकेदारले</span> <span class='c2'>भुक्तानी नगरेको गुनासो</span>

विराटनगर । सुनसरीको लौकहीमा बनिरहेको सिटीहलको, निर्माण ठेकेदारले काम लगाएका पेटी कन्ट्याक्टरलाई रकम नदिएको भन्दै गुनासो गरेका छन् । गौरीपार्वती÷अंक÷बंगलामुखी जेभीका सुदर्शन थापालाई पेटी कन्ट्याक्टर सन्दिप श्रेष्ठले आफ्नो रकम नदिएको भन्दै आरोप लगाएका हुन् ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यन्वयन इकाई विराटनगरसँग २८ करोड ७६ लाख ४५ हजार २१४ मा निर्माण लागतमा २०७६ असार ४ गते निर्माण कम्पनिले सम्झौता गरेको थियो ।
कुल लागत २९ हजार ९९ लाख ७५ हजार ८९४ अनुमान गरिएको आयोजना २०७८ असार ३ गतेसम्पन्न गर्नुपर्ने समयावधी तोकिएको छ । निर्माण कम्पनिले सम्झौतापछि पेटी कन्ट्याक्टर श्रेष्ठमार्फत काम लगाएको थियो । तर, काम लगाईसकेपछि रकम भुक्तानी नगरेको भन्दै गुनासो गरेका छन् ।

पीडित बनेका श्रेष्ठले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर बिचौलियाको घानमा परेको पीडा सुनाउनुभयो । आफुहरुले ३२ लाख बराबरको काम गरेपनि २४ लाख मात्रै भुक्तानी पाएका कारण मजदुरलाई दिननसकेको श्रेष्ठको दावी छ । निर्माण कम्पनिका थापासँग राम्रो सम्बन्ध भएका राजीव साह समेत आफूहरुसँग साझेदार रहेपनि उनको भूमिका शंकास्पद रहेको श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठलाई बीचमा पारेर निर्माण कम्पनिका थापा र साहले मिलेमतो गरेको आशंका गरिएको छ । भुक्तानी दिनुपर्ने रकम श्रेष्ठलाई नदिन साह र थापा मिलेमतो भएको अर्का महेशकुमार मुखिया बताउँछन् ।

यता निर्माण कम्पनिका आधिकारिक व्यक्ति सुदर्शन थापाले काम गरेको आधारमा पाउनुपर्ने भुक्तानी भन्दा ७० हजार बढी रकम बुझिसकेको दावी गर्नुभयो । उहाँले अहिलेपनि आफ्नो काम प्रमाणित गर्ने बिलभरपाई लिएर आए रकम दिन तयार रहेको बताउनुभयो । अर्का साहले भने थापासँग मौखिक सहमतिको भर पर्दा सुरुमा बोलिएका आधारमा रकम नदिएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्