कोरोना कहर: पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा

<span class='c1'>कोरोना कहर: पर्यटन र</span> <span class='c2'>चलचित्र क्षेत्र सङ्कटमा</span>

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा परेको बताउनुभएको छ । द स्काइ मुभिज प्रालि र उमा फिल्मस् प्रालिले संयुक्त रुपमा निर्माण गरेको ‘त्यो तिम्रो चोखो प्रेमको नजर...’ म्यूजिक भिडियोको शुक्रबार यहाँ सार्वजनिक गर्दै उहाँले पर्यटन र चलचित्र क्षेत्र कोरोनाका कारण नराम्ररी प्रभावित हुन पुगेको बताउनुभएको हो । “तङ्ग्रीन लागेको पर्यटन र चलचित्र क्षेत्र फेरी कोरोनाको मारमा परेको छ, पर्यटन र चलचित्र क्षेत्रमा परेको समस्या समाधानका लागि महासङ्घले पहल गर्छ”, उहाँले भन्नुभयो ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्वास्थ्य मापदण्डलाई पालना गर्दै चलचित्र क्षेत्रलाई अगाडि बढाउन सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । विगत १४ महिनादेखि नेपालको चलचित्र क्षेत्र अस्तव्यस्त बन्दै गएको उहाँको भनाइ थियो ।

नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष एवं शुक्रबार सार्वजनिक भएको म्युजिक भिडियोका निर्माता आकाश अधिकारीले सरकारले नेपाली चलचित्र क्षेत्रको विकासका लागि वार्षिकरुपमा विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ, चलचित्र क्षेत्रका संयोजकसमेत रहनुभएका अधिकारीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।

चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधान, नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर चिन्तामणि सापकोटा, उमा फिल्मस् प्रालिका अध्यक्ष उमा गिरी, नेपाली सेनाका मेजर डीबी खड्कालगायतले राष्ट्रप्रति आस्था र योगदान झल्केको उक्त म्यूजिक भिडियोलाई राष्ट्रिय महत्वको गीतमा समावेश गर्नुपर्ने बताउनुभएको थियो । चलचित्र र पर्यटन क्षेत्रलाई जोडेर निर्माण गरिएको उक्त देशभक्ति गीत राराताल वरपर छायाङ्कन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्