आठ हजारभन्दा बढी पर्यटन व्यवसायीले लगाए कोरोना खोप

<span class='c1'>आठ हजारभन्दा बढी पर्यटन</span> <span class='c2'>व्यवसायीले लगाए कोरोना खोप</span>

काठमाडौँ उपत्यकाका आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई काेरोना खोप लगाएका छन् । ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) प्रदान गरिएको हो ।

परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले स्वास्थ्य सेवा विभागको सहकार्यमा ठमेल क्षेत्रमा कार्यरत पर्यटन व्यवसायीलाई उक्त खोप प्रदान गरिएको जानकारी दिनुभयो ।
“स्वास्थ्य सेवा विभागले पर्यटन व्यवसायीका लागि १० हजार डोज खोप उपलब्ध गराए पनि हालसम्म आठ हजार ३०० को हाराहारीमा खोप प्रदान गरिसकेका छौँ”, उहाँले भन्नुभयो । खोप अभियानलाई प्रभावकारी र सफल बनाउनका लागि परिषद्ले ३० जना स्वयंसेवक परिचालन गरेको छ ।
नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले ठमेल क्षेत्रका व्यवसायीलाई सुरक्षित बनाउनका लागि कोरोना खोप अभियानलाई तीव्रता दिएको उहाँको भनाइ छ । परिषद्ले चार हप्तापछि दोस्रो चरणको भ्याक्सिन सोही ठाउँमा उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्