प्रधानमन्त्री ओलीद्वारा कोभिडविरुद्धको लडाइँमा खटिन पार्टी पंक्तिलाई निर्देशन

<span class='c1'>प्रधानमन्त्री ओलीद्वारा कोभिडविरुद्धको लडाइँमा</span> <span class='c2'>खटिन पार्टी पंक्तिलाई निर्देशन</span>

काठमाडौं

सत्तारुढ नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने बारे अध्ययन भइरहेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आकस्मिक रुपमा बसेको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बैठकले कारबाही बारे प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको जानकारी दिनुभयो ।

ज्ञवालीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने र कर्णालीमा जस्तै फ्लोर क्रस हुनसक्ने बारे अध्ययन भइरहेको जानकारी दिनुभएको थियो । प्रधानमन्त्रीले पार्टीले कारबाहीबारे उपयुक्त समयमा निर्णय गर्ने उल्लेख गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले कोभिडविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा खटिन पार्टी पंक्तिलाई निर्देशन दिनुभयो । बैठकमा प्रधानमन्त्री ओलीले अक्सिजन प्लान्टहरुलाई पूर्ण क्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्ने लगायतका काम सरकारले गरिरहेको जानकारी दिनुभएको थियो । -एनटीभी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्