कोहलपुर नगरपालिकाले आजदेखि कोरोना परीक्षणका लागि निःशुल्क स्वाब सङ्कलन गर्ने

<span class='c1'>कोहलपुर नगरपालिकाले आजदेखि कोरोना परीक्षणका</span> <span class='c2'>लागि निःशुल्क स्वाब सङ्कलन गर्ने</span>

बाँके

कोहलपुर नगरपालिकाले आजदेखि कोरोना परीक्षणका लागि निःशुल्क स्वाब सङ्कलन गर्ने भएको छ । नगर क्षेत्रभित्र कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गर्न लागेको हो ।

आज पहिलो चरणमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको स्वाब सङ्कलन गरिने कोहलपुर नगर स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन गेहेराज खनालले जानकारी दिए ।

सङ्कलन गरिएका स्वाब परीक्षणका लागि भेरी अस्पतालको ल्याबमा पठाउने तयारी गरिएको बताउँदै उनले आवश्यकता अनुसार कन्ट्याक्ट ट्रेसिङ बाहेकका अन्य नागरिकको समेत स्वाब सङ्कलन गरिने जानकारी दिए ।

कोहलपुर नगरपालिकाको नगर सभाहलमा आज बेलुका ५ः०० बजेबाट स्वाब सङ्कलन गरिने छ । हरेक दिन असहाय, न्यून आर्थिक अवस्था भएका र वैदेशिक रोजगारीबाट फर्किएर होम–क्वारेनटाइनमा बसेका ब्यक्तिहरुसहित ३० जनाको स्वाब सङ्कलन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्