मस्यौदामा नागरिकले दिएका सुझावलाई एकीकृत गर्ने काम सुरु

<span class='c1'>मस्यौदामा नागरिकले दिएका सुझावलाई</span> <span class='c2'>एकीकृत गर्ने काम सुरु</span>

 प्रविन दाहाल

काठमाण्डौ साउन ६

संविधानको प्रारम्भिक मस्यौदामा नागरिकले दिएका सुझावलाई एकीकृत गर्ने काम सुरु भएको छ । सबै सुझाव एक ठाउँमा राखेर बर्गीकरण गरिने नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनाएको छ ।
समितिकी सभापति प्रमिला राणाका अनुसार सहमति, असहमति र नयाँ विषय गरेर सुझावलाई बर्गीकरण गरिनेछ । नागरिकले दिएका सबै सुझाव समेट्नेगरी संविधानसभामा पठाउने तयारी भएको उहाँले जानकारी दिनुभयो । समितिलाई भोलिसम्ममा सुझाव समेटेर प्रतिवेदन बुझाउन समय दिइएको छ । तर भोलिसम्म भ्याउन नसकिने भएकाले केही दिन समय थप गर्न आग्रह गरिने राणाले बताउनुभयो । यसबारे समितिले आज संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग छलफल गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्