अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहयोग दिने

<span class='c1'>अमेरिकाले नेपाललाई एक अर्ब ३०</span> <span class='c2'>लाख अतिरिक्त सहयोग दिने</span>

अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाईंमा सघाउन आफ्नो देशले अतिरिक्त सहायता स्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन्।

शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाईंमा भरथेग गर्न अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताए।

‘कोभिड–१९ विरुद्ध ठूलो संघर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्छ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ’, उनको ट्विटमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्