‘फास्ट ट्रयाक’ विधिका साथ बिस हजार अक्सिजन सिलिन्डर चीनबाट ल्याइँदै

<span class='c1'>‘फास्ट ट्रयाक’ विधिका साथ बिस</span> <span class='c2'>हजार अक्सिजन सिलिन्डर चीनबाट ल्याइँदै</span>

काठमाडौं
सरकारले २० हजारथान अक्सिजन सिलिन्डर चीनबाट ल्याउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिनभित्रै २० हजारथान सिलिन्डर ल्याउन लागिएको बताए । डा. गौतमका अनुसार दुई हजार वटा हवाईमार्ग र १८ हजार स्थलमार्गबाट ल्याउन लागिएको हो ।

नेपालमा अक्सिजन उत्पादन पर्याप्त भए पनि सिलिन्डरको अभावमा अहिले कोभिड–१९ संक्रमितहरुका लागि अक्सिजन अभाव भएको बताइएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० हजार सिलिन्डर बाहिरी मुलुकबाट ल्याउने र त्यसमध्ये तत्काल ‘फास्ट ट्रयाक’ विधिबाट २० हजारथान ल्याउने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार सिलिन्डर ल्याउने प्रक्रिया प्राथमिकताका साथ अघि बढाइएको उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए।

नेपालमा शनिबारसम्म कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ४३ हजार ३१३ पुगेको छ । तीमध्ये तीन हजार ११० जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो समय अस्पताल भर्ना हुनेहरुमा ९० प्रतिशत अक्सिजन सपोर्टमा राख्नुपर्ने संक्रमित रहेको शुक्रराज ट्रपिकल तथा रुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन् ।

मुलुकभर अहिले २० वटा अक्सिजन उत्पादन उद्योग सञ्चालनमा छन् । तीमध्ये आठवटा काठमाडौं उपत्यकाभित्रै छन् । नेपालमा उत्पादन हुने अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गरेको नेपाल अक्सिजन उत्पादक संघको तथ्यांक छ ।

तर, कोभिड संक्रमितलाई अक्सिजन अपर्याप्त हुने भन्दै स्वास्थ्य मन्त्रालयले अक्सिजन खपत हुने सबै उद्योग केही समय बन्द गर्न आग्रह गरेसँगै अधिकांश त्यस्ता उद्योग अहिले बन्द छन् । यसबाहेक नेपालका २८ वटा अस्पतालसँग आफ्नै अक्सिजन प्लान्ट छ ।
-बाह्र खरि अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्