विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्र भित्र औषधी पसल र स्वास्थ्य संस्था बाहेकका सबै प्रकारको व्यापार तथा व्यवसायलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।
बढ्दो कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न बैशाख ३० गतेदेखि लागु हुनेगरि अर्को सूचना जारी नहुँदासम्म बन्द गर्ने निर्णय गरिएको हो । नगरपालिकाका मेयर शिव ढकालको अध्यक्षमा बसेको बैठकले पूर्ण रुपमा कारोबारलाई बन्द गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले गत २४ गतेदेखि निषेधाज्ञा आदेश जारी गरेको छ ।