‘हाम्रो डक्टर एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु

<span class='c1'>‘हाम्रो डक्टर एप्स’मार्फत निःशुल्क कोभिड</span> <span class='c2'> परामर्श सेवा शुरु</span>

काठमाण्डौ

हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको सो अनलाइनले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले बुधबारदेखि निःशुल्क परामर्श सेवा शुरु गरेको हो ।

एप्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उद्धवराज भेटुवालले गुगल र एप्पल स्टोरमा उपलब्ध मोबाइल एप्लिकेशनको परामर्श सेक्सनमा गएपछि आउने कोरोना कन्सल्टेशनमा प्रयोगकर्ताले बिनाशुल्क चिकित्सकसँग परामर्श गर्नसक्ने बताउनुभयो । “एकपटक शुरु गरेपछि एक हप्तासम्म प्रयोगकर्ताले चिकित्सकसँग परामर्श लिन, आफ्ना रिपोर्ट पठाउन र निगरानीमा रहन सक्नेछन्”, उहाँले भन्नुभयो ।

त्यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेका ठाउँ र मानिसलाई लक्ष्य गरेर डाइरेक्ट हटलाइन सेवा पनि शुरु गरेको छ । चिकित्सकसँग कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि ९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरका तीनवटा हटलाइन नम्बर सार्वजनिक गरेको छ ।

उक्त नम्बरमा फोन गरेर डक्टरसँग परामर्श लिन सकिने सिइओ भेटुवालले बताउनुभयो । सन् २०१६ देखि सञ्चालनमा आएको हाम्रो डक्टर एप्सबाट चिकित्सक, अस्पताल, एम्बुलेन्सलगायत सेवाग्राहीका बारेमा जानकारी लिनुका साथै विशेषज्ञ चिकित्सकसँग अनलाइन परामर्श, अस्पतालको टिकट खरिद, हेल्थ प्याकेज खरिद लगायत सेवा लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्