नेपाल टेलिकमले ल्यायो लकडाउन अफर

<span class='c1'>नेपाल टेलिकमले ल्यायो</span> <span class='c2'>लकडाउन अफर</span>

नेपाल टेलिकमले लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ । निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो ।

उक्त अफर शुक्रबारदेखि एक महिनाका लागि लागु हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अफरअन्तर्गत एक महिनाका लागि अनलिमिटेड ‘डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध हुनेछ । अनलिमिटेड डे डाटा प्याक अफर रु ३९ मा उपलब्ध हुनेछ भने उक्त डाटा प्याकको स्पिड १ एमबीपीएससम्म रहेको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

लकडाउन स्टे कनेक्टेड अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । दैनिक रूपमा एक पटक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र चलाउन सकिनेछ । यस्तैगरी, टेलिकमले निषेधाज्ञाको अबधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटासमेत पाउँनेछन् । रु २०० देखि रु ४९९ सम्म रिचार्ज गर्दा बोनस स्वरूप ५०० एमबी डाटा उपलब्ध हुनेछ । उक्त डाटा २ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । यस्तै रु ५०० वा सो भन्दाबढी रकम रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइने छ । उक्त डाटा चार दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्