एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

<span class='c1'>एमाले विवाद समाधान गर्न</span> <span class='c2'>कार्यदल गठन गरिने</span>

नेकपा (एमाले)का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।
बैठकपछि पत्रकारसंँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताउनुभयो । “२०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने कुरा भयो, ” नेता रावलले भन्नुभयो, “ त्यसका लागि कार्यदल बनाइने छ, कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्नुहुने छ ।”
उहाँका अनुसार छलफल फेरि अगाडि बढाइने छ । शुक्रबारको छलफलमा पार्टी अध्यक्ष ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजीपन्तलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्