लागुऔषध खैरो हेरोईनसहित पक्राउ

<span class='c1'>लागुऔषध खैरो</span> <span class='c2'>हेरोईनसहित पक्राउ</span>

बेलडाँडी गाउँपालिका–३ वैवाह सीमा इलाकामा गस्तीका क्रममा सशस्त्र प्रहरीले २५ वर्षीय नरेश जोशीलाई हिजो साँझ सात ग्राम प्रतिबन्धित खैरो हिरोइनसहित पक्राउ गरेको छ ।

सुदूरखबर प्रेस लेखिएको ज्याकेट लगाएका व्यक्तिले भारतीय नागरिकबाट केही सामान लिएको शङ्का लागि जाँच गर्दा खैरो हिरोइन फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो । पक्राउ परेका जोशी शुक्लाफाँटा नगरपालिका–४ का बासिन्दा रहेको बताइएको छ ।

जोशीलाई मोबाइल दुई थान, क्यामेरा एक थान, बैंकको चेक पाँच थान, एटिम एक थान, सुदूरखबरको परिचयपत्र एक थान, पश्चिम नेपाल दैनिकको पास, युएन टे«ड कन्सर्नको नाममा रहेको मोटरसाइकलको ब्लुबुकसहित बरामद गरिएको छ । बरामद लागुऔषध र अन्य सामानसहित जोशीलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्