भरुवा बन्दुक सहित चारजना पक्राउ

<span class='c1'>भरुवा बन्दुक सहित</span> <span class='c2'>चारजना पक्राउ</span>

खोटाङ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४२ बर्षीय डम्बर बहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की, २६ बर्षीय रबिन्द्र कार्की र ७४ बर्षीय कृष्ण बि.क. रहेका छन् ।

गत राती १० बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक सहितको टोली खटि गई डम्बर, दोर्ण र रबिन्द्रलाई भरुवा बन्दुक थान ३, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगाएतका पदार्थहरु सहित नियन्त्रणमा लिएको छ भने बि।क।लाई भरुवा बन्दुकको नाल थान ५, भरुवा बन्दुकको बट थान १ लगायत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरु सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका ४ जना उपर जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्