बलभद्र सेवा समिति बिराटनगरद्वारा नि :शुल्क खाना खुवाउने अभियान सुरु

<span class='c1'>बलभद्र सेवा समिति बिराटनगरद्वारा नि</span> <span class='c2'>:शुल्क खाना खुवाउने अभियान सुरु</span>

बिराटनगर
आकृति रानि फुयल

विश्वव्यापी कोरोनाको महामारिका बीच बिराटनगरमा भएका अस्पतालहरुमा उपचाररत बिरामी तथा कुरुवाहरुलाई नि:शुल्क खाना खुवाउन थालेको छ ।

महामारीका बेला बिभिन्न कारणले अस्पताल भर्ना भएका बिरामी र कुरुवालाई बेलुकीको खाना खुवाउने अभियान आफुहरुले सुरु गरेको संस्थाका नवनियुक्त सचिव एपोलो भगतले जानकारी दिए। विराटनगरमा विगत ३० वर्ष देखि सेवा प्रदान गर्दै आएको संस्था श्री बलभद्र सेवा समिति (कलवार जातिहरुको समुह ) बिराटनगरले यो महामारीमा अरु कारणले सर्वसाधारणको ज्यान गएपनि भोकले गर्दा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिनका लागि यो अभियान सुरु गरेको उनले बताए।

भगत भन्छन् ,' हाम्रो एउटा गाडी छ त्यसैमा खाना लिएर हामि साँझ ४:१५ तिर बिराटनगरका नोबेल ,बिराट टिचिंग ,कोशी ,न्युरो तथा कोभिड अस्पतालहरुमा जान्छौं र स्वास्थ्य मापदण्ड अपनाउदैं एक व्यक्ति बराबर एक प्याकेट खाना र एक बोतल पानि वितरण गर्न सुरु गरेका हौँ'। बलभद्र भनेको के हो भन्ने हाम्रो प्रश्नमा उनि भन्छन्, बलभद्र भनेको हामि कलवार जातिको कुल देवता हो जहां भगवान श्री कृष्ण र बलराम लाई पुजिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्