संक्रमणमुक्त भएछि आफुलाई निको पार्ने अस्पताललाई सहयोग

<span class='c1'>संक्रमणमुक्त भएछि आफुलाई निको</span> <span class='c2'>पार्ने अस्पताललाई सहयोग</span>

म्याग्दी जिल्लाबाट आशा जगाउने एक खबर आएको छ । गण्डकी प्रदेशको उक्त म्याग्दि जिल्लामा एउटा विकट गाउँपालिका छ, रघुगंगा गाउँपालिका । ३ सय ७९ वर्ग किलोमिटरमा फैलिएको यो गाउँपालिकामा जम्मा ८ वटा मात्र वडा छ । विकट क्षेत्रमा भएपनि जम्मा १५ हजार ७ सय ५३ जनसंख्या भएको यो गाउँपालिकामा करिब १ सय जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । ति मध्ये अधिकाँश व्यक्तिहरु घरमै आईसोलेट भएर बसेका छन् र निक्कै थोरै संक्रमित अस्पताल भर्ना भएका छन् । ति थोरै मध्ये उक्त पालिकाको वडा नम्बर ३ निवासी ८९ बर्षका वृद्ध केशव सुवेदी कोरोना संक्रमण भई अस्पताल भर्ना भएका थिए । रघुगङ्गा गाउँपालिकाको कोभिड अस्थायी अस्पतालमा उपचार भएर उनले कोरोनालाई जिते । बृद्धहरुलाई कोरोनाले गाह्रो पार्छ भन्ने बुझ्दै सुन्दै आएको समाजमा स्थानीय अस्पतालकै उपचारबाट उनले कोरोनालाई जितेपछि गाउँ भरी आशा पलाएको छ । अस्पतालबाट डिस्चार्ज भएर घर फर्कँदा उनको मनमा अस्पताललाई आफुले सकेको सहयोग गर्ने ईच्छा जाग्यो । उनले अस्पताल र चिकित्सकहरुको सेवाको कारण नै आफुले कोरोना जितेको बताउदै अस्पताललाई रु ५ हजार सहयोग गरे । यो रकम कसैको लागि साह्रै थोरै होला । तर विकट क्षेत्रमा बसोबास गर्ने ति बृद्धले माया स्वरुप दिदा स्थानीय पालिका र अस्पतालको लागि निक्कै महत्वपुर्ण भएको छ । अझ उनको आत्मविश्वास जसले कोरोनाभाईरसलाई पराजित गर्न उनको बुढो शरिरलाई मद्दत पुर्यायो त्यो आत्मविश्वास हजारौं लाखौं कोरोना संक्रमितको लागि प्रोत्साहन हुन सक्छ ।

समाचारहरूले मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याईरहेको समयमा यो खबरले हामीलाई थोरै भएपनि सकारात्मक हुन सहयोग गर्ने आशाका साथ यो खबर तपाईमाझ हामीले ल्याएका हौं । यो र यस्ता अनेक खबरका साथमा पुन: उपस्थित हुनेनै छु । त्यति समयका लागि विदा दिनुहोस् म स्मिता पोखरेल । तपाईहरु ओबि म्यागजिन हेर्दै गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्