एमाले स्थायी कमिटी बैठक चार बजे बस्दै

<span class='c1'>एमाले स्थायी कमिटी बैठक</span> <span class='c2'>चार बजे बस्दै</span>

नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने बताउनुभयो ।

उहाँले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दावीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण सोधिने बताउनुभयो । “विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्नुहुन्छ । ती हस्ताक्षर गर्नेलाई थप स्पष्टीकरण सोधिने छ”, उहाँले भन्नुभयो ।

यही जेठ ८ गते बसेको स्थायी कमिटी बैठकले पार्टीका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टीले सोधेको स्पष्टीकरण पेश गर्न आज अन्तिम समयसीमा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्