एमालेले सुदुरपश्चिम सरकारको समर्थन फिर्ता नलिने

<span class='c1'>एमालेले सुदुरपश्चिम सरकारको</span> <span class='c2'>समर्थन फिर्ता नलिने</span>

नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन गरेको निर्णय प्रदेश संसदीय दलको बैठकले कार्यान्वयन नगर्ने भएको छ ।

संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको अध्यक्षतामा आज बसेको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । अहिले तत्कालका लागि कोभिडलगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलसँग छलफल गर्ने निर्णय गरिएको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिनुभयो ।

उहाँले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रूपमा नआएको बताउनुभयो । साथै हालसम्म प्रदेश सरकारविरुद्धको लडाइँमा रहेको र आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा रहेकाले सरकारबाट नबाहिरिने निर्णय गरिएको जोशीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्