विराटनगर । पछिल्लो २४ घण्टायता प्रदेश १ मा कोरोना संक्रमणका कारण ५ महिला र ५ पुरुष गरी १० जनाको मृत्यु भएको छ । मंगलबार ९ महिला र १५ पुरुष गरी २४ जनाको मृत्यु भएको थियो । हिंजोको तुलनामा आज मृतकको संख्या आधाभन्दा कम भएको हो ।
यो तथ्यांकसँगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३६ महिला र ५७८ पुरुष गरी ८१४ जना पुगेको छ ।