केही दिनभित्रै संसदीय बैठक शुरु – मुख्यमन्त्री राई

<span class='c1'>केही दिनभित्रै संसदीय बैठक</span> <span class='c2'>शुरु – मुख्यमन्त्री राई</span>

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग आज छलफल गर्नु भएको छ । आगामी बजेट अधिवेशन र कोभिड महामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्र्टीका संसदीय दलका नेताहरुसँग परामर्श गर्नु भएको हो ।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र राष्ट्रिय जनता पार्र्टी संसदीय दलका नेता जयराम यादवसँग छलफल गर्नुभएको मुख्यमन्त्री राइको प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । छलफलका क्रममाा मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिनुभयो । बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत सो अवसरमा छलफल भएको थियो । सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शङ्का नर्गनसमेत उहाँले विपक्षी दलका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्