नाबालिकालाई जवरजस्ती करणी गर्ने ६७ वर्षीय पक्राउ

<span class='c1'>नाबालिकालाई जवरजस्ती करणी गर्ने</span> <span class='c2'>६७ वर्षीय पक्राउ</span>

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले शारिरीक रुपमा अशक्त नाबालिकालाई जर्बरजस्ती करणी आरोपमा ६७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । इटहरी–३ सुनौलो वस्तीका ६७ वर्षीय भागिराज दमाईलाई ९ वर्षीया बालिकालाई जर्बरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार साँझ ६ः३० बजे शारिरिक तथा मानसिक रुपमा अशक्त हिड्न र बोल्ने नसक्ने नाबालिकालाई जवरजस्ती करणी गर्दै गरेको अवस्थामा स्थानीयहरुले थाहा पाएर हल्लाखल्ला गरेपछि दमाई भागेका थिए । स्थानीयको खबरका आधारमा प्रहरी टोली परिचालित भई बुधबार बिहान दमाईलाई धरधरेबाट पक्राउ गरिएको प्रहरी निरीक्षक केशवबहादुर कटवालले जानकारी दिनुभयो । पक्राउ गरिएका उनीमाथि प्रारमभिक अनुसन्धान पश्चात आजै सम्मानित सुनसरी जिल्ला अदालतवाट जबरजस्ती करणी मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

पीडित नाबालिकाको आमाले दोस्रो बिबाह गरी गएकी र निजको बाबुको समेत मृत्यु भैसकेकोले हाल इटहरी स्थित फुपुको घरमा बस्दै आएकी उनको स्वास्थ्य अवस्था लगायतका विषयमा प्रहरीले बुझिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्