शिकार खेल्न गएका साथीको मृत्युपछि फरार चारजना अभियुक्त चारनाल बन्दुकसहित पक्राउ

<span class='c1'>शिकार खेल्न गएका साथीको मृत्युपछि फरार</span> <span class='c2'>चारजना अभियुक्त चारनाल बन्दुकसहित पक्राउ</span>

विराटनगर । शिकार खेल्न गएका बेला आफ्नै साथीलाई गोली लागेर मृत्यु भएपछि फरार भएका चारजना अभियुक्तलाई प्रहरीले चारनाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

मोरङको केराबारी गाउँपालिका–३ स्थित बाँसघारी खोपमा गत बैशाख ८ गते शिकार खेल्न गएको समयमा स्थानीय हस्तकुमार राईलाई गोली लागेर मृत्यु भएको थियो । शिकार खेल्न गएका दशजनामध्ये गजेन्द्र बहादुर राईले प्रहार गरेको भरुवा बन्दुकको गोलीले हस्तबहादुरलाई लागेर निधन भएपछि फरारहरुलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएर आज सार्वजानिक गरेको हो ।

घटना भएको भोलिपल्ट बैशाख ९ गते प्रहरीले शिकार खेल्न गएकामध्ये एकथान भरुवा बन्दुकसहित रुबिन लिम्बु र गजेन्द्रबहादुर राईलाई पक्राउ गरेको थियो । उनीहरुलाई ज्यान सम्बन्धी र हातहतियार खरखजना कसूरमा अनुसन्धान गरिरहेको बेला अन्यलाई समेत प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

प््रहरीले घटना भएको दिन त्यहाँ संलग्न रहेका केराबारी–३ का डिकबहादुर राई, बुद्धबिर लिम्बु, रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का विपन लिम्बूलाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेपछि केराबारी–३ को बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा लगाएर राखेको एकथान भरुवा बन्दुक बरामद गरिएको छ । यसैगरी लेटाङ–१ जंगलमा समेत लुकाई राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्