झापामा अक्सिजन बैंक उद्घाटन

<span class='c1'>झापामा अक्सिजन</span> <span class='c2'>बैंक उद्घाटन</span>

झापामा ‘एकका लागि एक अभियान’ अन्तर्गत स्थापना भएको अक्सिजन बैंकको आज उद्घाटन भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले एक कार्यक्रमका बीच बैंकको उद्घाटन गर्नुभएको हो । बैंकमा हालसम्म एक हजार २५ थान अक्सिजन सिलिण्डर जम्मा भएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुर्याउन र झापामा अक्सिजन सिलिण्डरको अभाव हुन नदिन अक्सिजन बैंक स्थापना गरिएको उहाँले बताउनुभयो । सोही कार्यक्रमका बीच अन्तर्राष्ट्रिय झापाली समाजले अभियानमा सहयोग स्वरुप रू १५ लाख र जिल्ला सहकारी सङ्घ झापाले रू पाँच लाख सहयोग गरेको छ । समाजका वरिष्ठ उपाध्यक्ष नवीन पोखरेलले एक सय सिलिण्डर बराबर उक्त रकम अभियानलाई हस्तान्तरण गरिएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकाल र सचिव भवानीप्रसाद दङ्गालले एक-एक अक्सिजन सिलिण्डर बराबर रू १५-१५ हजार प्रदान गर्नुभयो । एक व्यक्ति एक सिलिण्डर सहयोग अभियानमा सहारा नेपाल साकोसले एक सय थान, सहारा एनजिओले सात, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन एक सय एक, रोटरी क्लब अफ सुरुङ्गा २१ थान, कनकाई उद्योग सङ्घले २१ थान एवं विभिन्न सङ्घसंस्था÷व्यक्तिले सहयोग गरेको अभियानका सचिवालय सदस्य गोपाल भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्