विराटनगर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश १ सरकारले आज ल्याउने भएको छ । नीति तथा कार्यक्रम आज नै प्रदेशसभामा पेश हुने भएको हो ।
प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रदेशसभाको आज ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुने भएको छ । प्रदेश सरुकार मन्त्रिपरिषद बैठकले प्रदेशको आगामी आर्थिक वर्ष २०७८\०७९ को नीति तथा कार्यक्रम पारित गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते प्रदेश सरकारको बजेट आउनेछ ।