प्रदेश सरकारको नीति तथा कार्यक्रम : आर्थिक बृद्धि ३.६ प्रतिशत, आवधिक योजना परिमार्जन गरिने

प्रदेश सरकारको नीति तथा कार्यक्रम : आर्थिक बृद्धि ३.६ प्रतिशत, आवधिक योजना परिमार्जन गरिने

विराटनगर । प्रदेशको आगामी (आथिर्क वर्ष २०७८\२०७९) वर्ष आर्थिक बृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेश सरकारले बिहीबार सार्वजानिक गरेको नीति तथा कार्यक्रममा आगामी वर्ष ३.६ प्रतिशतको आर्थिक बृद्धि हुने अनुमान गरिएको हो । राष्ट्रिय अर्थतन्त्रमा प्रदेश १ ले १५.६ प्रतिशतको हिस्सा ओगट्ने गर्दछ ।

कोरोनाले निम्त्याएको संकटका कारण प्रदेश सरकारले अगाडीका वर्ष तय गरेका योजनाहरु प्रभावित बनेको भन्दै आवधिक योजनाा आवश्यक परिमार्जन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभामा बिहीबार प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा कोरोना संक्रमणका कारण विकास आयोजनामा परेको प्रभाव केन्द्रीत देखिएको छ ।

कोभिड(१९ महामारीका कारण प्रदेशको आर्थिक तथा सामाजिक क्षेत्रमा पर्न गएको प्रभावको अध्ययन गरी प्रदेशको आवधिक योजनामा आवश्यक परिमार्जन गर्नु वान्छनीय देखिएको छ । यसका लागि प्रदेश योजना आयोगले काम अघि बढाएको छ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कोभिड महामारीले निम्त्याएको प्रतिकुल परिस्थितिमा समेत घिनाघाट–विराटचौक सडक आयोजना निर्माण भईरहेको उल्लेख छ ।

त्यसैगरी प्रदेशका मुख्य योजनाहरुमध्ये ६२ बहुवर्षीय सडक, ७ प्रादेशिक विशेष सडक आयोजना, ८७ मुख्यमन्त्री ग्रामीण कृषि सडक, १२८ बहुवर्षीय सडक पुल निर्माण, ११५ झोलुंगे पुल आदि केही सम्पन्न भईसकेका छन् उल्लेख गरिएको छ । सिंचाइ क्षेत्रमा ४३ हजार हेक्टर जमिन सिंचित गर्ने अभियान बमोजिम करिव ५३ प्रतिशत काम सम्पन्न भएको उल्लेख गरिएको छ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा कोभिड विरुद्धको खोपमा सबै प्रदेशवासीहरुको सरल र सहज पहुँचलाई सुनिश्चित गर्न ुडिजिटल स्वास्थ्य, डिजिटल प्रदेश‘ कार्यक्रम कार्यान्वयनमा ल्याइने उल्लेख गरेको । यस अन्तर्गत प्रदेश सरकारले पालिकाहरुको समन्वय र सहकार्यमा जिल्ला अस्पताल तथा स्थानीय निकायका अस्पताल एवम् स्वास्थ्य केन्द्रहरुमा अनलाइन दर्ता गर्ने ब्यवस्था मिलाइने भएको छ । डिजिटल साक्षर नभइसकेका गाउँ तथा टोलहरुका लागि स्थानीय वडाहरुलाई कृयाशील बनाइने छ । साथै इलेक्ट्रोनिक स्वास्थ्य अभिलेख राख्ने, दूर चिकित्सा परामर्श र सेवा उपलब्ध गराउनेतर्फ पद्धति विकास गरी डिजिटल प्रदेशको अवधारणालाई स्वास्थ्यको क्षेत्रमा द्रुत गतिमा कार्यान्वयनको शुरुवात गरिने छ ।

Niti tatha karyakram 078-79

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्