पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोग सूचीकृत

<span class='c1'>पशुपन्छीबाट मानिसमा सर्ने १०</span> <span class='c2'>जुनोटिक रोग सूचीकृत</span>

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो । पशुपन्छीबाट मानिसमा सार्ने रोगलाई जुनोटिक रोग भनिन्छ ।

महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले पशुपन्छीबाट मानिसमा सर्ने रोगको सूचीकृत गर्दा उपचार र नियन्त्रण गर्न सजिलो हुने बताउनुभयो । उहाँका अनुसार इन्फ्लुएन्जा (जुनोटिक इन्फ्लुएन्जा, सिजनल इन्फ्लुएन्जा), रेबिज, कोरोना भाइरस, लेप्टोस्पाइरोसिस, बु्रसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षयरोग, सिस्टिमर्कोसिस÷हाईडाट्रिडोसि र टोक्जोप्लास्मोसिस रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्