खुवालुङ फुटाउने ढुंङ्गा हैन : मुख्यमन्त्री राई

<span class='c1'>खुवालुङ फुटाउने ढुंङ्गा हैन</span> <span class='c2'>: मुख्यमन्त्री राई</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको साँस्कृतिक महत्व बोकेको खुवालुङ ढुङ्गा फुटाउने खालको नभएको बताउनु भएको छ ।
संघीय सरकारको बजेटमा जलयातायात सञ्चालनका लागि अवरोध हटाउने उल्लेख भएकाले किरात समुदायले खुवालुङ फुटाउन खोजेको भन्दै विरोध जनाइरहेका छन् । प्रदेश १ को प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आइतबार मुख्यमन्त्री राईले खुवालुङको संरक्षण गर्ने दोहो¥याउनु भएको हो ।

खुवालुङ ढुङ्गा मात्रै हैन, यसलाई फुटाउन मिल्दैन, मुख्यमन्त्री राईले भन्नुभयो– किरात समुदायको संस्कृतिसँग, मन्धुम र सभ्यतासँग जोडिएको ढुङ्गा फुटाउन सकिदैन ।
धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सीमानामा अरुण, तमोर र दूधकोशीको संगममा रहेको ठूलो ढुंगा खुवालुङको नामले प्रसिद्ध छ । संघीय सरकारले जल यातायात सञ्चालनका लागि उक्त ढुंगा फुटाउने बताउँदै आएको थियो । तर किरात समुदायले आफूहरुको संस्कृतिसँग जोडिएको भन्दै फुटाउन नहुने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्