झोलामा कछुवा बोकेको आरोपमा चारजना पक्राउ

<span class='c1'>झोलामा कछुवा बोकेको</span> <span class='c2'>आरोपमा चारजना पक्राउ</span>

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी विश्वकर्मा कुडेली सडकखण्डबाट कछुवा झोलामा बोकेर ल्याउँदै गरेका दुईसहित उक्त काममा सहयोग गर्ने २ जना गरि चारजनालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणबाट उत्तरतर्फ बाइकमा सवार दुईजनाले कछुवा बोकेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले मे १० प ५६२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पथरी–शनिश्चरे–१ स्थित पूर्व बस स्टेण्ड बस्ने ४३ वर्षीय जिवन गुरुङ र सुनवर्षी–१ केचना शुक्रबारेका मेघराज थापालाई ८ केजी तोली भएको कछुवासहित शनिबार पक्राउ गरेको थियो ।

त्यहि क्रममा को २३ प ५९३१ नम्बरको मोटरसाइकलमा सवार सुनवर्षीका निरज खडृका र आकाश रायमाझी समेत उक्त कछुवा ल्याउन सहयोगी बनेको खुलेपछि उनीहरुलाई समेत पक्राउ गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार पक्राउ परेकाहरुलाई इलाका वन कार्यालय रंगेलीमा थप अनुसन्धानका लागि बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्