सूचनाको हक सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

<span class='c1'>सूचनाको हक सम्बन्धी दोस्रो राष्ट्रिय</span> <span class='c2'>सम्मेलन  काठमाडौंमा सुरु</span>

काठमाडौं, साउन २२– सूचनाको हक सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । सूचनाका हकका लागि नागरिक अभियान र फ्रिडम फोरमले राष्ट्रिय सम्मेलनको आयोजना गरेका हुन् । सम्मेलनमा ५५ जिल्लाका एक सय २० जनाभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

सम्मेलनको उद्घाटन गर्दैै सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सरकार सूचनाको हक कार्यान्वायनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आम नागरिकले आफ्नो अरु किसिमका अधिकारको रक्षाका लागि सूचनाको हकको प्रयोग गर्न आग्रह गर्नुभयो । बन्दै गरेको संविधानमा पनि सूचनाको हकलाई प्राथामिकता दिइने रिजालको भनाई छ ।

सम्मेलनमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले संविधान जारी भएसँगै संघीयत सूचना आयोग गठन हुनु पर्नेमा जोड दिनुभयो । उहाँले संविधानमा सूचना माग्ने पाउने मात्र नभई प्रवाह गर्ने निश्चितता पनि हुनु पर्ने उल्लेख गर्नुभयो ।

शनिबार समापन हुने सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्ने छ । सूचनाको हकका लागि नागरिक अभियानले सूचनाको हक प्रयोग गरेर खोज पत्रकारिता गर्ने ६ जनालाई कदरपत्रसहित नगद पुरस्कार प्रदान गरेको छ ।

जाजरकोटका गणेश बानियाँ, पर्साका रितेश त्रिपाठीले १२/१२ हजार, नवलपरासीका रामविकास चौधरी, बाग्लुनका दिलिप पौडेलले १०/१० हजार, रिपब्लिकाका अशोक दाहाल र अनलाइन खबरका पुष्प दुलालले पाँच÷पाँच हजार पाउनुभएको छ ।

नेपालमा पहिलो पटक २०४७ सालको संविधानमा सूचनाको हक सम्बन्धी अधिकार प्रदान गरिएको थियो । अन्तरिम संविधान २०६३ को धारा २७ र मस्यौदा संविधानको ३२ मा सूचनाको हक सम्बन्धी व्यवस्था गरिएको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ जारी भए पनि कार्यान्वायन पक्ष फितलो रहँदै आएको छ । कानुनका हिसाबले नेपाल विश्वका उत्कृष्ट २० देशभित्र पर्छ ।

ujyalo online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्